बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नेपालभन्दा दक्षिण सर्‍यो मनसुनी रेखा, वर्षाको सम्भावना कस्तो ?

नेपालभन्दा दक्षिण सर्‍यो मनसुनी रेखा, वर्षाको सम्भावना कस्तो ?

  • बिहिबार, साउन ७, २०८३
सेयर गर्नुहोस् :
नेपालभन्दा दक्षिण सर्‍यो मनसुनी रेखा, वर्षाको सम्भावना कस्तो ?

बाजुरा– तराई/मधेशमा मनसुन प्रणाली निष्कृय भए पनि पहाडी क्षेत्रमा भने मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिण सरदर स्थानमा रहेकाले अघिल्ला दिनहरुको तुलनामा कम वर्षा हुनेछ । तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भने मध्यमसम्मको र एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागको केही र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार