
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद साउन ८ गतेसम्म छ । उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।
सञ्चार माध्यमहरुलाई नेपाल सरकारबाट उपलव्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रुपमा वितरण हुने गर्दछ । विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार प्रवर्द्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्दछ ।



