आइतवार, असार २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

  • आइतवार, असार २१, २०८३
सेयर गर्नुहोस् :
एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएका अधिकृतहरूले आगामी साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था मिलाइएको पनि प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम गरिएको सरुवाको विवरण सम्बन्धित कार्यालयहरू तथा राष्ट्रिय किताबखाना (प्रहरी)मा पठाइसकिएको छ। यस सरुवाअन्तर्गत विभिन्न गण, गुल्म तथा अन्य इकाइमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार