शनिबार, असार २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुवाको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि दिदीबहिनी बिचल्लीमा

बुवाको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि दिदीबहिनी बिचल्लीमा

  • शनिबार, असार २०, २०८३
सेयर गर्नुहोस् :
बुवाको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि दिदीबहिनी बिचल्लीमा

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ मा बुवाको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि दिदी बहिनी बिचल्लीमा परेका छन् । बुवाको ८ वर्ष पहिले मृत्यु भएको र त्यसपछि आमाले समेत अर्को बिहे गरेपछि अहिले दिदी बहिनी सहाराविहीन बनेका हुन् ।

स्वामीकार्तिक खापर– ४ बस्ने बिरेश जोशीको २०७५ साल कार्तिकमा मृत्यु भएको थियो । यस्तै उनकी श्रीमती तारा जोशीले श्रीमानको मृत्युपछि अर्को बिहे गरेपछि उनका दुई छोरी अलपत्र अवस्थामा छन् । ८ वर्षकी समीता जोशी र १० वर्षकी सुस्मीता जोशी सहाराविहीन बनेको आफन्तहरुले बताएका छन् ।

अहिले समीता मावली घर बडीमालिका नगरपालिका–७ रजातोलीमा उनकी वृद्ध बज्यैसँग बसिरहेकी छन् । त्यस्तै समीताकी बहिनी सुस्मीता भने उनकी आमाले दोस्रो बिहे गरेको हिमाली गाउँपालिका–६ बोल्डिकमा आमासँग बस्दै आएकी छन् । जेठी छोरी समीता मावली घरमा आँखा नदेख्ने वृद्ध बज्यै बिस्नकला पाध्यायको सहारामा रहेकी छन् । वृद्ध बिस्नकला पाध्यायले जेठी नातिनीलाई सानै देखि आफूले पालनपोषण गर्दै आए पनि अहिले आफू आँखा नदेख्ने हुँदा समस्या भएको बताइन् ।

परिवारको आर्थिक अवस्था कमजोर त्यसैमा बिहे गरेर गइसकेकी छोरीकी छोरीलाई सम्हाल्नु पर्दा निकै समस्या भएको पाध्यायले बताइन् । उनले अहिले आमाबुवा नहुँदा दिदी बहिनी सहाराविहीन बनेको भन्दै पालनपोषण र पढाउन पनि समस्या भएको भन्दै उनीहरुको सहाराका लागि सहयोग गरिदिन अनुरोध गरेकी छन् ।

यस्तै सानै उमेरमा सहाराविहीन बनेका दिदीबहिनीको हेरचाह, उद्धार तथा भविष्य सुरक्षित बनाउन सहयोग गरिदिन आफ्न्तहरुले सम्बन्धित निकाय तथा सहयोगी संस्थाहरू समक्ष अनुरोध गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार