शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगा–६ मा स्वास्थ्य शिविर सम्पन्न, ३५९ जनालाइ दियाे सेवा

बुढीगंगा–६ मा स्वास्थ्य शिविर सम्पन्न, ३५९ जनालाइ दियाे सेवा

  • शुक्रबार, असार १९, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगा–६ मा  स्वास्थ्य शिविर सम्पन्न, ३५९ जनालाइ दियाे  सेवा

बाजुरा— बुढीगंगा नगरपालिका वडा नं. ६ ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको घरघर स्वास्थ्य उपचार शिविर यस वर्ष पनि सफलतापूर्वक सम्पन्न गरेको छ। वडाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट ३ सय ५९ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।

हरेक त्रैमासिक रूपमा वडा अध्यक्षको नेतृत्वमा सञ्चालन हुने यस अभियानअन्तर्गत असार १६ गतेदेखि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको वडा अध्यक्ष हेमराज जाेशीले बताए । दुर्गम बस्तीका नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विभिन्न उमेर समूहका सेवाग्राहीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा लिएका उनले बताए ।

नगर प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष जोशीका अनुसार, “स्वस्थ नागरिक, सृजनशील बालक, कर्मशील युवा, सभ्य वृद्ध हाम्रो चाहना” भन्ने नाराका साथ शिविर सञ्चालन गरिएको बताएका छन । उनले स्थानीय नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

वडा अध्यक्ष जोशीले नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचान, उपचार तथा नागरिकमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त तथा स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए। स्थानीयवासीले घरमै स्वास्थ्य सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको भन्दै वडा कार्यालयको पहलप्रति खुशी व्यक्त गरेका छन्। वडाले आगामी त्रैमासिकहरूमा पनि यस्ता स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार