बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश संरचना खारेज गर्न सरकारलाई सहयोग गर्न तयार छौं : ज्ञानेन्द्र शाही

प्रदेश संरचना खारेज गर्न सरकारलाई सहयोग गर्न तयार छौं : ज्ञानेन्द्र शाही

  • बिहिबार, चैत्र १९, २०८२
सेयर गर्नुहोस् :
प्रदेश संरचना खारेज गर्न सरकारलाई सहयोग गर्न तयार छौं : ज्ञानेन्द्र शाही

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलबाट दुई तिहाइ बहुमत पुर्‍याउन सहयोग गर्न तयार रहेको बताएका छन्।

शाहीले अनावश्यक प्रदेश संरचनाले वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै संसदबाट खारेज गर्न आवश्यक बहुमतमा आफ्नो दल योगदान दिन तयार रहेको बताए।

उनले भने, “देशमा ८८४ जना सांसद छौँ। प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ। राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ, १८७ हामी पुर्‍याउँछौँ।”

चर्चामा

सम्बन्धित समाचार