बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमाले संसदीय दलको बैठक आज

एमाले संसदीय दलको बैठक आज

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
एमाले संसदीय दलको बैठक आज

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ । आज संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी छ ।

मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार