
आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले समूह चरणमा अब दुईवटा खेल खेल्न बाँकी छ, जुन दुबै मुम्बईको वानखेडे स्टेडियममा हुनेछन्।
नेपालले वेस्ट इन्डिजसँग फागुन ३ गते विहान ११ बजे तेस्रो खेल खेल्नेछ। अन्तिम खेल फागुन ५ मा स्टकल्यान्डसँग वेलुका सवा ७ बजे खेल्नेछ।
समूहका पाँच टोलीमध्ये दुई टोली मात्र सुपर ८ मा पुग्नेछन्। बाँकी तीन टोली समूह चरणबाटै बाहिरिनेछन्।
नेपालको सुपर ८ मा पुग्ने सम्भावना निकै कठिन देखिन्छ। नेपालले खेलेका सुरुवाती दुईवटै खेलमा (इंग्ल्यान्ड र इटालीसँग) हार बेहोरेको छ र अंक तालिकाको पुछारमा (पाँचौँ स्थानमा) ० अंकका साथ रहेको छ।
नेपालको नेट रन रेट -१.८५४ छ, जुन समूह ‘सी’ का अन्य सबै टोलीहरूको तुलनामा सबैभन्दा कम हो।
वेस्ट इन्डिज २ खेलमा २ जितका साथ ४ अंक जोडेर शीर्ष स्थानमा छ। स्कटल्यान्ड, इटाली र इंग्ल्यान्डको समान २-२ अंक छ। अहिलेको अवस्थामा वेस्ट इन्डिज सुपर ८ नजिक छ। नेपालले वेस्ट इन्डिजलाई पछि पार्ने सम्भावना छैन।
नेपालले सुपर ८ को दौडमा जीवित रहन आफ्ना बाँकी दुबै खेल (वेस्ट इन्डिज र स्कटल्यान्ड विरुद्ध) फराकिलो अन्तरले जित्नै पर्ने हुन्छ। एक हारले नेपालको यात्रा सकिनेछ।
अर्कोतर्फ नेपालले दुवै खेलमा जित निकालेर मात्र पुग्दै अरु टोलीको नजितामा पनि भर पर्नु पर्छ। अन्य टोलीहरूको नतिजा पनि नेपालको अनुकूल हुनुपर्नेछ ताकि ४ अंकमा बराबरी भएर नेट रन रेटका आधारमा छनोट हुने अवस्था छ।
यद्यपी सुरुवाती दुवै खेलमा पराजय, हालको कमजोर रन रेट र अन्य बलिया टोलीको अवस्थाले गर्दा नेपालको सुपर ८ यात्रा निकै चुनौतीपूर्ण, कठिन र असम्भव जस्तै छ।
नेपालले बाँकी रहेका दुवै खेल जित्नु, त्यो पनि ठूलो अन्तरमा अनि अरु टोलीले पनि नेपालको समीकरणअनुसार नजिता निकाल्नु पर्ने अवस्था ‘मिराकल’ भए जस्तै हुनेछ। त्यसैले नेपाल सुपर-८ दौडबाट बाहिरिन गणीतिय सम्भावना मात्र बाँकी छ।
यदि नेपालले आफ्ना बाँकी दुबै खेल (वेस्ट इन्डिज र स्कटल्यान्ड विरुद्ध) जितेमा नेपालको ४ अंक हुनेछ। यस्तो अवस्थामा नेपाल सुपर ८ मा पुग्नका लागि समूह ‘सी’ का अन्य तीनवटा खेलको नतिजामा प्रत्यक्ष रूपमा भर पर्नुपर्ने हुन्छ।
इंग्ल्यान्ड र स्कटल्यान्डबीच हुने खेलमा खेलमा इंग्ल्यान्ड वा स्कटल्यान्डमध्ये जसले जिते पनि उनीहरूको ४ अंक पुग्ने सम्भावना रहन्छ। नेपालको लागि यो खेलको नतिजाले अंक तालिकामा ठूलो प्रभाव पार्नेछ।
इंग्ल्यान्ड र इटालीबीचहुने खेलको विजेताको पनि ४ अंक वा सोभन्दा बढी पुग्न सक्छ। नेपालले आफू ४ अंकमा रहँदा अन्य टोलीहरू पनि ४ अंकमै सीमित रहुन् भन्ने चाहन्छ।
इटाली र वेस्ट इन्डिजबीच खेलले पनि अर्थ राख्नेछ। नेपालले वेस्ट इन्डिजलाई हरायो भने वेस्ट इन्डिज ४ अंकमै रोकिनेछ। त्यसपछि वेस्ट इन्डिजले इटालीलाई हराएमा वेस्ट इन्डिजको ६ अंक हुनेछ र इटाली ४ अंक वा सोभन्दा कममा रोकिनेछ।
यदि नेपालले दुवै खेल जित्यो र वेस्ट इन्डिजले इटालीलाई हरायो भने वेस्ट इन्डिज ६ अंकका साथ अघि बढ्ने सम्भावना रहन्छ। बाँकी एक स्थानका लागि नेपाल, इंग्ल्यान्ड, स्कटल्यान्ड वा इटालीबीच ४ अंकमा बराबरी हुन सक्छ।
४ अंकमा बराबरी भएको खण्डमा निर्णय नेट रन रेटका आधारमा हुनेछ। हाल नेपालको रन रेट (१.८५४) निकै कमजोर भएकोले नेपालले आफ्ना दुवै खेल ठूलो अन्तरले जित्नुपर्छ र अन्य खेलहरूमा प्रतिस्पर्धी टोलीहरू भारी अन्तरले पराजित भएको खण्डमा मात्र नेपालको सम्भावना हुन्छ ।
नेपालले आफ्ना दुई खेल जितेर मात्र पुग्दैन उसले इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीले एकापसमा अंक बाँडेको र वेस्ट इन्डिजले इटालीलाई हराएको नतिजाको प्रतीक्षा गर्नुपर्ने हुन्छ ताकि नेट रन रेटमा नेपाल अगाडि आउन सकोस्।
समूह चरणमा टोलीको अंक बराबरी भएको खण्डमा सुपर ८ छनोटका लागि सबैभन्दा पहिले टोलीले प्राप्त गरेको जम्मा अंक हेरिन्छ। यदि अंक बराबर भएमा कुन टोलीले धेरै खेल जितेको छ भन्ने कुरा हेरिन्छ। जित संख्या पनि बराबर भएमा नेट रन रेटको आधारमा फैसला गरिन्छ ।
हालको अंक तालिकाको अवस्था हेर्दा नेपालले अत्यन्तै फराकिलो अन्तरले जित्नुपर्ने देखिन्छ। नेपालको नेट रन रेट -१.८५४ छ, जुन समूह ‘सी’ मा सबैभन्दा कम हो। तुलनात्मक रूपमा, नेपालभन्दा माथि रहेका इंग्ल्यान्डको -०.६५० र इटालीको -०.३५२ छ।
नेपालले इटाली वा इंग्ल्यान्डसँग अंक बराबरी गरेको खण्डमा उनीहरूलाई उछिन्नका लागि आफ्नो रन रेटमा करिब १.२० देखि १.५० सम्मको सुधार गर्नुपर्ने हुन्छ। यदि दोस्रो स्थानमा रहेको स्कटल्यान्ड (०.९५०) सँग प्रतिस्पर्धा गर्ने हो भने यो अन्तर अझै धेरै (करिब २.८०) हुनेछ।
यति ठूलो रन रेटको खाडल पुर्नका लागि नेपालले आफ्ना बाँकी दुई खेल (वेस्ट इन्डिज र स्कटल्यान्ड विरुद्ध) मा केवल जित मात्र निकालेर पुग्दैन पहिले ब्याटिङ गरेमा विपक्षी टोलीलाई ८०-१०० वा सोभन्दा बढी रनको ठूलो अन्तरले हराउनुपर्ने हुन्छ। दोस्रो ब्याटिङ गरेमा विपक्षीले दिएको लक्ष्य धेरै ओभर बाँकी छँदै (जस्तै १०-१२ ओभरमा) पूरा गर्नुपर्ने हुन्छ।
यसका साथै नेपालको सम्भावना बलियो हुनका लागि अन्य टोलीहरू (विशेष गरी स्कटल्यान्ड र इटाली) आफ्ना बाँकी खेलहरूमा भारी अन्तरले पराजित हुनुपर्नेछ, जसले उनीहरूको नेट रन रेट घटाउन मद्दत पुगोस्। उल्लेखित समीकरण पूरा हुने सम्भावना कमै छ। त्यसैले नेपाल सुपर ८ पुग्न सम्भावना हिसाबले मात्र सम्भव भएको देखिन्छ वास्तविक अर्थमा हालका लागि भने देखिदैन।
