
यो मानवमा मन अनि दिमाग कसले बनायो ?
कसैमा रकेट सम्झने दिमाग कसले बनायो ?
यो धर्तीबाट चन्द्रमा छुने जमानामा पनि
देखेको नसम्झने मेरो दिमाग कसले बनायो ?
चेतनाको उज्यालो दीप माटोमा फूल्दा पनि
आकाश छुने सपनाको दिमाग कसले बनायो ?
कोही तोड्छ अणुका रहस्य, कोही खाने मागी
फरक-फरक सोचको दिमाग कसले बनायो ?
पीडामा आँसु राखी, मायामा हाँसो सिउँने
मनभित्र इन्द्रेणी हुने दिमाग कसले बनायो ?
कसैले युद्धको, कसैले शान्तिको बाटो लिने
छुट्टै सोच्ने यत्राे फरक दिमाग कसले बनायो ?
आफ्नै छायासँग लड्दै डराएर हिड्नेलाई
फेरि आफैं उड्न चाहने दिमाग कसले बनायो ?
