• होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन

पेट्रोलियम पदार्थको मूल्य समायोजन

  • शुक्रबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ ।

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार