शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै

कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै

  • आइतवार, मंसिर १५, २०८२
कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् ।

काठमान्डु गोर्खाजले आज एक परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की टोलीमा छन् । कर्णालीले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।

करण केसीको नेतृत्वमा रहेको काठमान्डु पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

चारवटा खेल खेलिसकेको कर्णाली याक्सले एउटा मात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने दबाब छ ।

चर्चामा

सम्बन्धित समाचार