शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कविता : बिरानो सहर कोे साँझ

कविता : बिरानो सहर कोे साँझ

  • सोमवार, कार्तिक ११, २०८२
कविता : बिरानो सहर कोे साँझ

 

आफ्ना सपना साकार पार्न,
छोडेँ त्यो गाउँको माटो।
अहिले यो बिरानो सहरमा,
मनले खोज्छ पुरानो बाटो।

सफलता नजिकै होला सायद,
तर सान्त्वना छैन यता।
गाउँको हावा, आमा–बुबाको माया,
अझै चल्छ मुटु भित्र कथा।

राति जब बत्तीहरू बल्छन्,
सहर चम्किन्छ उज्यालोमा।
त्यो बेला सम्झन्छु म गाउँ,
शान्त साँझ, गाई–गोरु चालोमा।

सपना पूरा गर्ने यात्रा हो यो,
तर मन गाउँमै बास गर्छ।
जन्मभूमि टाढा भए पनि,
आत्मा त्यहीँ साँच्चै हर्ष गर्छ।

चर्चामा

सम्बन्धित समाचार