शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कति छ कति विभेद मानिसमा

कति छ कति विभेद मानिसमा

  • बुधबार, अशोज १५, २०८२
कति छ कति विभेद मानिसमा

के मेला के पर्व गरिबहरू लाई आउदो हो,
मुटुमा जहिले पनि पिर सजाई आउदो हो।

अहिले त दशैँको सङ्घारमा रूवाबास छ,
कालले किन साइनो न लगाइ आउदो हो।

भ्रष्टाचार र सुशासनकै लागि मरेका हुन्छन्,
आन्दोलनपनि त कुनै डोरी समाई आउदै हो।

चलाउँछन् गोली फैलाउँछन् आतङ्क याहां
केभनौं कहाँबाट आदेश भरपाई आउदो हो।

विदेशमा बसेका हुन्छन् गरिब श्रमजीविहरू,
उनिहरूलाई नि पर्व खाइ नखाई आउदो हो।

कति छ कति विभेद मानिसमा संसार भरीनै,
मेलापर्व भन्ने त खै के गरिबलाई आउदो हो।

चर्चामा

सम्बन्धित समाचार