शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • चित्र हेरी मित्र बन्दैन, हो रैछ

चित्र हेरी मित्र बन्दैन, हो रैछ

  • सोमवार, साउन १३, २०८२
चित्र हेरी मित्र बन्दैन, हो रैछ

चित्र हेरी मित्र बन्दैन, हो रैछ
मित्र हेरी चरित्र बन्छ, हो रैछ ।

मित्रको चरित्रमै जालझेल अति भए
मनको भित्र बस्दैन त्यो, हो रैछ।

झुट्टा आश्वासन बाँडी भित्र रजाइँ गर्ने
त्यो त नाम भलादमीको, हो रैछ ।

बनाउँछु समाज भन्ने गन्तीमा त एकआध होला
बाँकी आफ्नै दुनो सोझ्याउने, हो रैछ ।

गाउँकै भलादमी र अगुवा भनी कुर्लने जो
आफ्नै घर त बनाउने, हो रैछ ।

साच्चै निदाएकोलाई भन्दा अप्ठ्यारो यहाँ
भेषीलाई बिउँझाउन, हो रैछ ।

चर्चामा

सम्बन्धित समाचार