शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • सङ्घीयताले मुर्झाए साहुकार

सङ्घीयताले मुर्झाए साहुकार

  • सोमवार, साउन १३, २०८२
सङ्घीयताले मुर्झाए साहुकार

जता हेरौँ उतै देशमा भ्रष्टाचार के भनौँ,
महंगी उस्तै छ विदेशको बजार के भनौँ।

नियम पालना त गर्नैपर्यो नागरिकलाई,
सङ्घीयताले मुर्झाए साहुकार के भनौँ।

मझौला दोकानदारकै पनि हरिबिजोक,
बनायो यो देशनै छाड्ने आधार के भनौँ,

तमासा हुन्छ देशभित्र छैन खै निकास,
जसलाई चुन्यो विदेशी बफादार के भनौँ।

सोझा जनतालाई लाग्छ नियम कानुन्,
सफा देख्छन् नेताले गुनेहगार के भनौँ।

लाग्छ जन्मिएकै छैन की देशमा देशभक्त,
देशलाई बनाउँने देशभित्र औतार केभनौँ।

चर्चामा

सम्बन्धित समाचार