शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • फुटबल
  • साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

  • शनिबार, साउन ४, २०८२
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

२० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ । बंगलादेशको ढाकास्थित बसुन्धरा खेल मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुने खेलमा नेपाल चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै ।

प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो भेट हो । यसअघि असार २७ गते शुक्रबार भएको खेलमा भुटान नेपालसँग ६–१ गोलले पराजित भएको थियो । यस्तै, नेपालले श्रीलंकालाई दुई खेलमा हराएको छ भने बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल, भुटान, बंगलादेश र श्रीलङ्का गरी चार टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा भइरहेको छ । जारी प्रतियोगितामा बंगलादेश १२ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ३ अंक भएको भुटान तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ ।

चर्चामा

सम्बन्धित समाचार