शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कविता: बोकेका सपना

कविता: बोकेका सपना

  • बुधबार, असार ११, २०८२
कविता: बोकेका सपना

बोकेका सपना साकार गर्न आँखाले देखिदैन
कसको नियतमा विष छ अनुहारमा देखिदैन
ज्ञान बिक्छ बजारमा, डिग्रीको गरिमा देखिदैन ।
शिक्षा, स्वास्थ्य बनेको छ व्यापार सबलाई एकनास देखिदैन।
भोकै पेट लिएर बस्दा
आशले बाँचेका गरिबको सहारा कतै देखिदैन
तर न्यायको मन्दिरमै, दुष्टको झण्डा फर्फराउँछ
सुनिन्छ ‘विकास’ धेरै, तर जनताको छाती रित्तो
जताततै पैसाको दलदल मात्रै सुनिन्छ
आफ्नै दुनो सोझ्याउन खलबल मात्रै सुनिन्छ ।
बोकेका सपना साकार गर्न आँखाले देखिदैन ।

चर्चामा

सम्बन्धित समाचार