
जापान सरकारले नेपाललाई ५७ करोड २० लाख जापानी येन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबर अनुदान दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । जापानबाट प्राप्त हुने अनुदान छात्रवृत्ति परियोजनामा खर्च हुने जनाइएको छ ।
