शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • हृदय पग्लेर भिजाए पछि

हृदय पग्लेर भिजाए पछि

  • सोमवार, जेष्ठ १३, २०८२
हृदय पग्लेर भिजाए पछि

मर्दामर्दै बिउँतिएर जुधाए नजर गजल बन्छ,
हृदय पग्लेर भिजाए पछि अधर गजल बन्छ।

दुःख र सुख्खको मिश्रणमा बनाएको रचना,
उर्लिए खोला वा सुखेपछि बगर गजल बन्छ।

प्रेममा हराएकै मानिस त होइन ठोक्कर खाँए,
खाएपछि जीवनमा बढी ठोक्कर गजल बन्छ।

ज जसले दिए धोखा अनेकौँ पटक ज्यानलाई,
उनकै फेरि पनि उस्तै परेपछि भर गजल बन्छ।

बिख्रिएको सन्तान छेमल्दा छेमल्दै हरायोभनि,
त्यही शंघर्षमै भए निरन्तर सफर गजल बन्छ।

कहिँ पग्लिन्छ मोम बनेर उहि यात्रि सफरमा,
आफ्नै अडानमा बनेपछि पत्थर गजल बन्छ।

चर्चामा

सम्बन्धित समाचार