शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणा

अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणा

  • शुक्रबार, बैशाख १९, २०८२
अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक संरचना, गाभ्ने, खारेज गर्ने वा पुनर्संरचना गर्ने घोषणा गरेका हुन् ।

हरेक वर्ष सरकारले अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणालाई निरन्तरता दिएको छ । विगतमा पनि यस्ता संस्था खारेज गर्ने र गाभ्ने घोषणा गर्दै आएको थियो तर कार्यान्वयन अहिलेसम्म भएको छैन ।

राष्ट्रपति पौडेलले चालु खर्च वाञ्छित सीमा राख्ने समेत जानकारी दिए । उनले औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्र विस्तार गर्ने गरी कर प्रणालीमा संरचनात्मक रूपान्तरण गर्ने सरकारले घोषणा गरेको छ । त्यस्तै सरकारले करदातामैत्री राजस्व प्रणाली बनाउने पनि घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार