बाजुरा– नेकपा (एमाले) केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा नेतृत्वको टोलिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । बाजुरा जिल्लाका समस्या, विकास निर्माण लगायत विविध बिषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
एमाले केन्द्रीय सदस्य थापा नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष ज्ञापनपत्र बुझाउँदै बुढीगंगा नदी जडाङगामा रहेको बेलिबृजको स्थानान्तरण, कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गरिदिन ज्ञापनपत्र मार्फत आग्रह गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताएका छन् । त्यस्तै जिल्लाका भुकुम्पबाट प्रभावित नागरिकहरुको आवास निर्माणका लागि उपयुक्त बजेट व्यवस्थापन, कोल्टी क्षेत्रमा हुलाक शाखा, मालपोत तथा नापी शाखा कार्यालय स्थापना गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको नगर प्रमुख बोहराले बताए ।
त्यसै गरी पुस १२ गते जिल्ला समन्वय समिति बाजुराको सातौं जिल्ला सभाले निर्णय र जिल्ला प्रशासनको सिफारिस समेत प्रधानमन्त्रीलाई बुझाएको जनाएको छ । कोल्टीमा इलाका प्रशासन स्थापना लगायतका बिषयमा सुदूरपश्चिम प्रदेश सांसद नरेश शाही लगायतले पनि पटकपटक डेलिकेशन तथा ज्ञापनपत्र बुझाइ रहँदा माग सम्बोधन हुने अपेक्षा समेत गरिएको छ ।