• होमपेज
  • समाज
  • बाजुराका उच्च लेकाली भेगमा बर्षासहित हिमपात

बाजुराका उच्च लेकाली भेगमा बर्षासहित हिमपात

मौसममा बदली भएसँगै चिसो बढ्न थाल्यो

  • मङ्लबार, पुस ९, २०८१
बाजुराका उच्च लेकाली भेगमा बर्षासहित हिमपात

बाजुरा—बाजुराका उच्च लेकाली भूभागमा बर्षासहित हिमपात सुरु भएको छ । मंगलवार बिहान देखि जिल्लाका उच्च लेकाली तथा हिमाली बर्षासहित हिमपात सुरु भएको छ ।

 हिमाली, जगन्नाथ, गौमुल, बुढीनन्दा, बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह लगायत जिल्लाका अन्य ठाउँका उच्च लेकाली भेगमा हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् । बर्षासहित भारी हिमपताल हुन थालेपछि स्थानीयहरुको जनजीवन प्रभावित भएको छ । यसअघि जिल्लामा मंसिरको अन्तममा पनि भारी हिमपात भएको थियो ।

पश्चिम नेपालबाट सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा मौसममा बदली सुरु भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्‌न सुरु भएको छ । गत मङ्‌िसर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्‌न थालेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार