गैस् मलाई ढुङ्गाले हिर्काइ दगुरेर फेरि!
आउलास् पख् यहि बाटो फर्केर फेरि!
तिमीलाई देखेपछि यस्तो महसुस हुन्छ!
शिरको माथि पुग्यो हिलो उछिट्टेर फेरि!
सम्झिन्छु तिमीलाई सम्झिन्न भन्दिनँ म!
बिदाई दिन्छु श्रद्धाञ्जली लेखेर फेरि!
बुवा बिते देखि आमा हिउँ जस्तै भइन्!
छोरो घरमा फर्किन्छ अबिर बेचेर फेरि!
पागल बनाउने चलन तिम्रो पुरानो हो!
को हिड्छ म जस्तै पागल बनेर फेरि?
सबथोक बुझेर लास खरानी भइसक्यो!
मलामी हतार गर्छ जिन्दगी बुझेर फेरि!