• होमपेज
  • कला /साहित्य
  • प्रकृतीले दिएको छ स्वर्ग तुल्य देश हाम्रो

प्रकृतीले दिएको छ स्वर्ग तुल्य देश हाम्रो

  • आइतवार, मंसिर ३०, २०८१
प्रकृतीले दिएको छ स्वर्ग तुल्य देश हाम्रो

समाजलाई म मरेपनि खास फरक पर्दैन,
थुप्रै बसेकाछन् देशमा बास फरक पर्दैन।

अरबको खाडीभित्र ज्यान् छोराको जाँदा,
देशमा आमाको जिउँदै लाश फरक पर्दैन।

चिन्ता नगर सरकार भ्रष्टाचारी भयो भन्दै,
नखाए रक्सी मासु एकगास फरक पर्दैन।

निदार खुम्चाएर सोचौँ त नागरिक हामी,
कहिल्यै नबन्दा कसैको दाश फरक पर्दैन।

प्रकृतीले दिएको छ स्वर्ग तुल्य देश हाम्रो,
नभए पनि यो सुख्खको रास फरक पर्दैन।

जनता देश हाम्रो हो जोगाउँने पनि हामी,
नेतालाई देशकै भएपनि नाश फरक पर्दैन।

चर्चामा

सम्बन्धित समाचार