नेपाल आयल निगमले डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ । पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर भएको छैन ।