शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • घरमा चुलो बल्दैन सडकमा टाएर बालेका हुन्छन्

घरमा चुलो बल्दैन सडकमा टाएर बालेका हुन्छन्

  • शुक्रबार, कार्तिक ९, २०८१
घरमा चुलो बल्दैन सडकमा टाएर बालेका हुन्छन्

घरमा चुलो बल्दैन सडकमा टाएर बालेका हुन्छन्,
युवाहरूले आ-आफ्नै समय खेरा फालेका हुन्छन्।

ज-जसले कहिल्यै न आफ्नो न अरूको घर बनाये,
देशको स्वाभिमान र आर्काको घर ढालेका हुन्छन्।

तमास छ हाम्रो देशको राजनीति र समाजिक ढाँचा
आमालाई वृद्धाश्रममा राखेर कुकुर पालेका हुन्छन्।

बाबाले आर्काको काम गरी दिलायो छोरालाई डिग्री,
आर्काको छोरी सँग मिलेर आश्रमा फालेका हुन्छन्।

कस्तो जमाना आयो आज दिनलाई पनि रात भन्दा,
खुब तालि पिट्छन् ज जसले आँखा टालेका हुन्छन्।

भोक र तिर्खा त सबैलाई लाग्छ जीव जन्तु भएपछि,
यो धर्तिमा ज्यान पाल्ने बाटो सबैले थालेका हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार