• होमपेज
  • बडिमालिका
  • अमेरिकी नागरिक जिम्मरी ओरेल्ली र भौनेरावासीको पुर्नमिलन

अमेरिकी नागरिक जिम्मरी ओरेल्ली र भौनेरावासीको पुर्नमिलन

  • मङ्लबार, अशोज २९, २०८१
अमेरिकी नागरिक जिम्मरी ओरेल्ली र भौनेरावासीको पुर्नमिलन

बाजुरा– अमेरीकी नागरिक पर्यटन उद्यमी तथा ईन्जिीनियर जिम्मेरी ओरेल्ली आफ्ना दुई छोरा सहित बाजुराको जुगाडामा पुर्नमिलनका लागि पुगेका छन । ओरेल्ली परिवारलाई जुगाडाबासीले बाजागाजासहित सम्मान समेत गरेका छन । पर्यटनउद्यमी तथा ईन्जिीनियर जिम्मरी ओरेल्ली आजभन्दा ४७ बर्ष पहिले साबिकको जुगाडा गाबिसको भौनेरामा पुल निर्माणका क्रममा इज्जिनियरको रुपमा करिव एक बर्ष बसेकाे  बताउछन । उनले भौनेराको स्मरण गर्दै आफुले बनाएको पुलको अवस्था र पुराना मान्छेसंगको भेट्ने उदेस्यका साथ अमेरिकाबाट नेपाल आएको बताए । जुगाडाबासीले गरेकाे  स्वागतमा उनले मन थाम्न सकेनन् ।

No description available.
उनले भौनेराबासीको स्वागत आफ्नो जागिरको रिर्टाएड हुदाँसम्मकै महत्वुपुर्ण अटुट सम्बन्ध रहेको बताए । अमेरीकी सरकारी जागिरबाट आफु अवकाश भएपछि भौनेरालाई पटक पटक सम्झिए पनि नेपाल आउन नपाउँदा पुछतो लागेको थियो यहाँ पुग्दा असाध्यै खुसी भएको बताए । उनले आफुले काम गरेको स्थान छोराहरुले पनि देखुन र साेही ठाउँमा छाेराहरुकाे पनि केही सहयोग होस भन्ने उदेस्यका साथ छोराहरुलाई समेत ल्याएको बताए । आफु पर्यटन ब्यबासायी भएका कारण यहाँको पर्यटनमा आफु सहयोग गर्ने समेत बताएका छन ।
अमेरीकामा हुँदा  भौनेरालाई भुल्न नसकि उनि दुई छोरा सहित यती बेला भौनेराबासीसंगको भेटघाटमा छन । ओरेल्ली ईन्जिनियर हुदाँ त्यहा काम गर्ने पुराना मान्छेसंगको भेटघाट गरेर जाने उदेस्यका साथ  लामो समयदेखी वडा न २ का वडा अध्यक्ष डम्मर महतको सम्र्पकमा रहेको बताउछन ।

No description available.
बडिमालिका नगरपालिका २ नम्मर वडाकार्यालयको आयोजनामा पर्यटनउद्यमी तथा ईन्जिीनियर जिम्मेरी ओरेल्लीको परिवारलाई भब्यताका साथ स्वागत तथा पुर्नमिलन कार्यक्रमको आयोजना समेत गरिएको छ । बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महतको अध्यक्षतामा सचांलन भएको कार्यक्रमका प्रमुख अतिथि अमेरीकी नागरिक पर्यटनउद्यमी तथा ईन्जिीनियर जिम्मेरी ओरेल्ली रहेका थिए ।

कार्यक्रममा बिषिष्ठ अतिथी नेपाल स्काउटका सुदुरपश्चिम आयुक्त नरेन्द्र थापा, होटल तथा पर्यटन ब्यवासायी जनेश भण्डारी र अमेरीकी नागरिक जिम्मेरी ओरेल्लीका छोराहरु बिरेन ओरेल्ली र सिन ओरेल्ली रहेका थिए । कार्यक्रममा स्थानिय सांस्कृतीक झाँकीहरु प्रर्दशन समेत गरिएको थियो ।

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार