• होमपेज
  • मनोरञ्जन
  • ‘छक्कापञ्जा ५’ले गर्‍यो दुई दिनमा ४ करोड हाराहारीमा कमाइ

‘छक्कापञ्जा ५’ले गर्‍यो दुई दिनमा ४ करोड हाराहारीमा कमाइ

  • आइतवार, अशोज २७, २०८१
‘छक्कापञ्जा ५’ले गर्‍यो दुई दिनमा ४ करोड हाराहारीमा कमाइ

। ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । विहिबार र शुक्रबार फिल्मले देशब्यापी ४ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । वितरक मनोज राठीले पहिलो दिन फिल्मले १ करोड ८० लाखदेखि २ करोडसम्म कमाइ गरेको बताए । ‘दुई दिनको यो कमाइ छक्कापञ्जाका अघिल्ला श्रृंखलाको भन्दा उच्च हो’ उनले भने, ‘सिरिजकै यो रेकर्ड व्रेक कमाइ हो ।’ शुक्रबार फिल्मको देशब्यापी कलेक्सन पहिलो दिनकै तहमा थियो । फिल्म देशभर झण्डै २५० शोमा प्रदर्शनरत छ ।

ट्रेन्ड हेर्दा विजया दशमीको दिनमा शनिबार र आइतबारको सार्वजनिक बिदाको दिनमा गरि फिल्मको ४ दिने कूल कलेक्सन ५ करोड नाघ्ने प्रक्षेपण वितरकको छ । दशैं बिदा सोमबारसम्मै छ । विजया दशमीको दिन शनिबार टीका ग्रहण गरेपछि हलले शो खुलाएका थिए । त्यसपछिका सबै शो हाउसफूल रहे । निर्माता तथा अभिनेता दीपकराज गिरीले दर्शकबाट सकारात्मक समीक्षा मिलिरहेको बताए ।

विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ले पनि प्राप्त शोजको आधारमा राम्रो कमाइ गरिरहेको देखिएको छ । वितरक गोविन्द शाहीले यकिन कलेक्सन आउन बाँकी रहेको बताए । अर्को नेपाली फिल्म ‘ज्वाइँ साब’ र बलिउड फिल्म ‘जिग्रा’ पनि हलमा चलिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार