शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

  • शुक्रबार, अशोज ११, २०८१
पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

काठमाडौँ —पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

असोज ६ गते काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा पुर्याएर अनुसन्धान भइरहेको छ। असोज ७ गते अदालत लगिएको थियो भने अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतले दोस्रोपटक सात दिनको अनुमति दिएको हो । उनको बयान चलिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार