शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • खराव माैसमका कारण थाइ एयरको विमान बाराको आकाशमा पुगेर फन्को मार्दै

खराव माैसमका कारण थाइ एयरको विमान बाराको आकाशमा पुगेर फन्को मार्दै

अवतरणका क्रममा ‘मिसएप्रोच’

  • शुक्रबार, अशोज ११, २०८१
खराव माैसमका कारण थाइ एयरको विमान बाराको आकाशमा पुगेर फन्को मार्दै

थाइ एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि बारा जिल्लाको आकाशमाथि फन्को मारिरहेको छ । खराब मौसमका बाबजुद विमानस्थलमा अवतरणको प्रयास गरेको विमानलाई ‘मिस एप्रोच’पछि पाइलटले ‘ओभरसुट’ गरी फर्काएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रिन्जी शेर्पाले उक्त विमान अवतरण गर्न नसकी फर्किएको बताए । ‘पाइलटलाई सहज लागेन भने मिस एप्रोच गर्छ,’ उनले भने, ‘अनुकूलता मिलाएर फेरि अवतरणको प्रयास हुन्छ ।’  यसअघि आजै कतार एयरलाइन्सको विमान पनि खराब मौसमका कारण निकैबेर ‘होल्ड’ भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार