• होमपेज
  • समाचार
  • केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

  • आइतवार, अशोज ६, २०८१
केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, आज राति कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार