• होमपेज
  • अर्थ/वाणिज्य
  • घटस्थापना अगाडि नै सबै सडक मर्मत गर्न विभागलाई निर्देशन

घटस्थापना अगाडि नै सबै सडक मर्मत गर्न विभागलाई निर्देशन

  • शनिबार, अशोज ५, २०८१
घटस्थापना अगाडि नै सबै सडक मर्मत गर्न विभागलाई निर्देशन

काठमाडौँ — दसैं नजिकिदै जाँदा देशभरका सबै सडक घटस्थापना अगाडि नै मर्मत सम्भार गरी यातायात सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका छन् । शनिबार बिहान मन्त्रालयमा यातायात व्यवसायीहरूको उपस्थितिमा दसैं, तिहार, छठमा यातायातलाई कसरी सहज गर्ने भन्नेबारे भएको छलफलबाट ७ बुँदे सहमति गरिएको छ ।

सहमति अनुसार यात्रुहरूको यात्रा सुनिश्चित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी छिटो अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ । त्यस्तै इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पछिको हप्तामा भाडादर समायोजन गर्न यायाताय व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

अग्रिम टिकट बुकिङ खोल्नेबारे यातायात व्यवस्था विभागसँग छलफल गरेर केही दिनभित्रमै निर्णय गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । त्यस्तै बीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको सिटौलाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार