• होमपेज
  • बाजुरा बिशेष
  • रोजगारी गर्न प्रदेशीएका बाजुरेली युवाहरु चाडपर्व मनाउन फर्किदै

रोजगारी गर्न प्रदेशीएका बाजुरेली युवाहरु चाडपर्व मनाउन फर्किदै

  • बुधबार, अशोज २, २०८१
रोजगारी गर्न प्रदेशीएका बाजुरेली युवाहरु चाडपर्व मनाउन फर्किदै

बाजुरा– रोजगारीका लागि प्रदेशीएका बाजुराका युवाहरु चाडपर्व मनाउन गाउँघर फर्कन थालेका छन् । बर्खाको खेती लगाएर रोजागरीका लागि भारत छिरेका अधिकांश युवाहरु चाडपर्व नजिकिए सँगै गाउँघर फर्कन थालेका हुन् । बर्खाको असारमा खेती लगाएर भारतमा चौकिदारी गर्न भारत गएका युवाहरु त कोहि पढाईको सिलसिलामा देशका विभिन्न सहर युवाहरु गएपछि खाली भएका अधिकांश गाउँ भरिन थालेका छन् ।

कोहि हिउँदको खेती र कोहि बर्खाको खेती लगाएर प्रदेशीएका युवाहरु अहिले चाडपर्व मनाउन धमाधम गाउँ फर्कन थालेको यातायात व्यवसायीहरुले बताएका छन् । गत बर्ष असारको रोपाई सकेर रोजगारीको लागि भारत गएर अहिले केहि कमाई भएपछि दशैं तथा तिहार मनाउन एक बर्षपछी घर फर्किएको सदरमुकाम मार्तडीमा भेटिएका मुगुको खत्याड गाउँपालिका ८ का स्थानीय सुर्जन चदाराले बताए । गाउँमा केहि काम नहुँदा बालबच्चाको पालनपोषण र घरखर्च चलाउन भारत गएको र एक बर्षपछि चाडपर्व मनाउन घर जान लागेको उनले बताए । रोजगारीको लागि भारत गएका युवाहरु अहिले दशैं तिहार नजिकिएसँगै दैनिक सय जना बढी युवाहरु बाजुरा आउने गरेका टिकट काउन्टरका कर्मचारीहरुले बताउने गरेका छन् ।

बाजुराका प्रायः सबै गाउँका युवाहरु कोहि हिउँद र कोहि बर्खामा रापाई गरिसकेपछि कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । सुदुरपश्चिमका ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् । तर नेपाल सरकारका आधिकारीक निकायसंग कति संख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क छैन ।

चर्चामा

सम्बन्धित समाचार