• होमपेज
  • समाज
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता, ३ घाइतेको उपचार हुँदै

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता, ३ घाइतेको उपचार हुँदै

  • बुधबार, अशोज २, २०८१
बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता, ३ घाइतेको उपचार हुँदै

बझाङ— बझाङमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर सेती नदीमा खसेर २ जना बेपत्ता भएका छन्।

तीन जना भने ट्याक्टरबाट हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेका छन्। हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। विहान ९ः ३५ बजे दुर्गाथली गाउपालिका–२ झनना स्थित जयपृथ्वी राजमार्गमा मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर जोशीले बताए।

भेरी नगरपालिका–२ जाजरकोटका २० वर्षीय संजय बुढाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसीको उनले बताए। चालकसहित २ जना बेपत्ता भएका छन्। ३ जना घाइते भएका छन्।

प्रहरी नायव निरीक्षक पदम बलायरको कमाण्डमा ४, इलाका प्रहरी कार्यालय थलाराबाट प्रहरी नायव निरीक्षक रामसिंह बिष्टको कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायव उपरीक्षक युवराज भण्डारीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ।

घाइतेहरुको स्थानीय भैरवनाथ स्वास्थ्य चौकी झोतामा प्राथमिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल बझाङतर्फ पठाइएको छ। २ जना चालक संजय बुढा र २२ वर्षीय लोकेन्द्र घर्ती भने बेपत्ता छन्। जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विकको दाँहिने हात, कम्मरमा र खुट्टामा चोट लागेको छ।

चर्चामा

सम्बन्धित समाचार