• होमपेज
  • बडिमालिका
  • करेन्ट लागेर घाइते युवकलाई हेलिकप्टरमार्फत सुर्खेत रेफर

करेन्ट लागेर घाइते युवकलाई हेलिकप्टरमार्फत सुर्खेत रेफर

  • बुधबार, भदौ ५, २०८१
करेन्ट लागेर घाइते युवकलाई हेलिकप्टरमार्फत सुर्खेत रेफर

बाजुरा–  बाजुरामा करेन्ट लागेर घाइते भएका युवकलाई सुर्खेत रेफर गरिएको छ । बुधवार करेन्ट लागरे घाइते भएका जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ का बर्ष २८ का रुप बडुवाल र वडा नम्बर ४ का ३० बर्षिया राजेन्द्र नाथलाई थप उपचारको लागि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरेको हो । घाइते हुन साथ बडुवाल र नाथको जिल्ला अस्पतालमा उपचार गरिएपनि यहाँ उपचार सम्भव नभएको भन्दै दुवै जनालाई बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ ।
बडिमालिका ६ जडाङगामा स्थानीय कोर्धालीगाड जलविद्युतको चुडिएको तार जोड्ने क्रममा उनीहरु घाइते भएका थिए । स्थानीय विद्युतको तार जोड्न राष्ट्रिय प्रसारण लाइनको विद्युत सुचारुबारे विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरालाई कुनै जानकारी नदिएरै पोलमा चडेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रसिंह कार्कीले बताएका छन् ।
कोर्धाली गार्ड जलबिधुत र केन्द्रीय प्रशारण लाइनको पोल पनि नजिक र तारपनि एक अर्काबीच छोएको अवस्थामा रहेको बुझिएको छ । बाजुरामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् । भने दर्जन बढी घाइते भएका छन् । अस्तव्यस्त लाइन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार