मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सबैको मन मष्तिकमा किन यसरी छायो आज

सबैको मन मष्तिकमा किन यसरी छायो आज

  • आइतवार, साउन २७, २०८१
सबैको मन मष्तिकमा किन यसरी छायो आज

कहिल्यै नबोल्ने साथिको फोन आयो आज
कसरि मेरो तलब मिलेको थाहा पायो आज।

साख्खै बनेर आउँदा रहिछन् दुश्मनहरू पनि,
हासो लाग्छ यो पैसाले कत्रो गुन लगायो आज।

म भोकाएको वेलामा कहिल्यै नजिक नआउने
म उछुट्टिनै लागेको बेला च्याप समायो आज।

सधै मलाई देखेर कालो बादल छाएको हुन्थ्यो,
त्यही अनुहार पनि घामजस्तै मुस्कुरायो आज।

दुश्मनले पनि सधै साँद सारेको हुन्थ्यो बारिमा,
घरमा धन आएपछि आफैले बार हटायो आज।

हाँसो लाग्छ कहिले रूनस् लाग्छ पैसालाई हेर्दा,
सबैको मन मष्तिकमा किन यसरी छायो आज।

चर्चामा

सम्बन्धित समाचार