बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आशा कुमारी तिम्सिनाकाे (साइनाे)

आशा कुमारी तिम्सिनाकाे (साइनाे)

  • बुधबार, साउन १६, २०८१
आशा कुमारी तिम्सिनाकाे (साइनाे)

जान मननै छैन
छोडेर यो गाँउघर
बाध्य भयौं नेपाल छोड्न।

आवाज यो क्रान्तिको
दिप बलोस,शान्तिको
नझुकोस,है नेपाली शिर।

कुर्सी पद प्रतिष्ठा
लाग्छ यहाँ भनसुन
नबिकोस,न मान, सम्मान ।

जन्मियौ नेपालमा
उड ल संसार भरी
छर है ज्योती उज्यालोको ।

उभिने छौ यसरी
निर्दोषको शक्ति बनि
ननिभ्ने यो दिप जसरी ।

चर्चामा

सम्बन्धित समाचार