• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा घरजग्गा कारोबारबाट करिब एक करोड राजश्व संकलन

बाजुरामा घरजग्गा कारोबारबाट करिब एक करोड राजश्व संकलन

  • मङ्लबार, साउन १५, २०८१
बाजुरामा घरजग्गा कारोबारबाट करिब एक करोड राजश्व संकलन

टेक बहादुर बुढा/बाजुरा– बाजुरामा घरजग्गा कारोबारबाट झण्डै एक करोड राजश्व संकलन भएको छ । जिल्लामा गत आर्थिक बर्ष २०८०-०८१ मा घरजग्गा कारोबारबाट ९९ लाख ८९ हजार ८ सय ८३ रुपैयाँ राजश्व संकलन भएको हो ।
मालपोत कार्यालय बाजुराका अनुसार गत बर्षमा नामसारी, संशोधन, धितो रोक्का, राजिनामा लगायत ७ सय ११ वटा घरजग्गा कारोबार भएको जनाएको छ ।
जिल्लामा एक बर्षको अवधीमा सबैभन्दा बढी राजिनामा (अंशबण्डा) बाट ६३ लाख ९७ हजार २ सय ५३ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै पुजिकर लाभकरबाट २८ लाख १७ हजार ३० रुपैयाँ, धितो रोक्का (बैंकीङ करोबार) बाट ६ लाख ९१ हजार, नामसारी (मरुवा सरुवा) बाट १ लाख ४८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको कर्यालयले जानकारी दिएको छ ।
मालपोत कार्यालय बाजुराका प्रमुख जंगविर सुनारले जिल्लामा अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा जग्गा कारोबार र राजश्वमा वृद्धि भएको बताएका छन् । त्यस्तै अन्य जिल्लाको तुलनामा बाजुरामा जग्गाको कारोबार निकै कम भइरहेको उनले बताए । जिल्लाका नौ वटै स्थानीय तह तथा सरोकारवालाहरु सहितको बैठकबाट जग्गा कारोबारमा यस बर्षपनि पहिलेकै मुल्य यथावत गरिएको कार्यालय प्रमुख सुनारले जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर, स्थानीय तहले हालसम्म जग्गाको वर्गीकरण गर्न नसकेको र केही स्थानिय तहले निती कार्यान्वयनमा ल्याए संगै कारोबारमा बृद्धि भएको कार्यालय प्रमुख सुनारले बताए । ९ ओटा स्थानिय तह रहेको बाजुरामा जगन्नाथ गाउँपालिकाले भने निती कार्यान्वयन ल्याइसकेको र अन्य पालिकाको निती निर्माणकै क्रममा रहेका छन् ।
व्यावसायिक रूपमा परियोजना बनाउनेले सडकको मापदण्डअनुसार साढे २ आनाको कित्ताकाट गर्न पाउने ब्यबस्था रहेको छ । अंशबण्डामा पनि साढे २ आनासम्मको कित्ताकाट गर्न पाउने व्यवस्था संशोधित नियमावलीले गरेको छ । तर, अन्यको हकमा द्विविधा भएकाले सर्वसाधारणले जग्गा खरिद बिक्री गर्न सम्भव नभएको मालपोत ब्यबासायीहरुले बताउने गरेका छन ।
‘पछिल्लो समय सहरको भन्दा गाउँमा घर जग्गाको कारोबार बढेको छ । सदरमुका मार्तडीको भन्दा जग्गाको किनबेच ग्रामीण क्षेत्रमा बढेको तथ्याकं रहेको छ । संघिय संरचना पश्चात सदरमुकाममा जग्गाको किनबेच तथा कारोबार ओरालो लागेको मालपोत कार्यालयको तथ्याकं छ । स्थानिय तह पश्चात स्थानिय तहका पालिका केन्द्र आसपासको जग्गा कारोबार बढ्दै गएको र सदरमुकामको कारोबार घटेको मालपोत कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार