शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कति दिन बाँचौला हामि यस्तो रोग पाली

कति दिन बाँचौला हामि यस्तो रोग पाली

  • शुक्रबार, साउन ११, २०८१
कति दिन बाँचौला हामि यस्तो रोग पाली

भन कहिले सम्म सोक मनाउने नेपाली जनता,
देश विदेशमा यो आफ्नो इज्जत फाली जनता।

पुराना थोंत्रा साधन बटुल्छन् नेताहरू देश भित्र,
त्यस्मै उड्दै गुड्दै पुग्छौँ मेची महाकाली जनता।

अचेल जता हेर्यो उतै दुर्घटना छैन सुरछित कतै,
लाशमा दिन्छन् भाषन र पिट्छन् ताली जनता।

ठाडो कसरी पार्छौ सिर नेताले केको गर्छौ गौरव,
आफ्नो स्वाभिमान तिर्शूलिमा पखाली जनाता।

यो देशलाई रणभूमि बनाए विदेशीकै बजार भयो,
कहाँ बस्छौ अब मधेशी पहाडी र हिमाली जनता।

बिहानै उठ्यो श्रद्धाञ्जली रातीमा निन्द्रा लाग्दैन,
कति दिन बाँचौला हामि यसतो रोग पाली जनता।

चर्चामा

सम्बन्धित समाचार