• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका बाल कवि सुनिल बुढाको खण्डकाव्य ‘सहर जाने बाटो’ प्रकाशित

बाजुराका बाल कवि सुनिल बुढाको खण्डकाव्य ‘सहर जाने बाटो’ प्रकाशित

  • सोमवार, असार २४, २०८१
बाजुराका बाल कवि सुनिल बुढाको खण्डकाव्य ‘सहर जाने बाटो’ प्रकाशित

बाजुरा —बाजुराको माटोमा जन्मिएका बाल कवि सुनिल बुढाको खण्डकाव्य ‘सहर जाने बाटो’ प्रकाशित भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ डोगडीमा जन्मेका बाल कवि बुढाले १५ बर्षकै उमेरमा लेखेर प्रकाशित गरेका हुन् ।

आफूलाई अक्सर कछुवा भन्न रुचाउँदै आएका बाल कवि बुढाको उक्त खण्डकाव्य असार ८ गते सुदूरपश्चिम कविता महोत्सको अवसरमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान धनगढीले प्रकाशन गरेको हो । नेपाली समाजको यथार्थ समसामयिक घटना र बिषयलाई समेटेर लेखिएको उक्त खण्डकाव्य पाठकको मनमुटुमा बस्दै गएको बाल कवि बुढाले बताएका छन् ।

खण्डकाव्यका सुरुका केही हरफ मात्रै पढ्दा पनि आँखा रसाएका कुरा पाठकहरुले पोखेका छन् । उक्त खण्डकाव्यमा बुढाले आफ्नो गाउँ देखि सहर र सहर देखि विदेशको घटनालाई बिषयवस्तु समेटेका छन् । हाम्रो समाजका अधिकांश मानिसहरुको दैनिकी र जीवनसंग मेल खाने भएकाले खण्डकाव्य पाठक माझ दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । अहिले उनको खण्डकाव्य काठमाडौँ सम्म पुगेको छ ।

No description available.

उनका अनुसार उक्त खण्डकाव्यसँगै साहित्यिक रचना सिर्जनामा बुढाले अध्ययन गरेको स्टेपिङ स्टोन विद्यालयले पनि विशेष सहयोग गरेको हो छ । बाल कवि बुढाको खण्डकाव्य ‘सहर जाने बाटो’ प्रकाशित भएपछि अहिले सुदूरपश्चिम प्रदेशका थुप्रै जिल्लामा निकै लोकप्रिय बन्दै गएको छ । कृतिबाट ५ दिनको संकलित रकम अछामको मङ्गलसेनमा रहेको शोडषा माध्यमिक विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको बाल कवि बुढाले बताएका छन् । बाल कवि बुढा आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउदै सामाजिक कार्यमा समेत सक्रिय बन्दै गएका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार