• होमपेज
  • क्रिकेट
  • टी-२० विश्वकपको सुपर ८ मा भारतको लगातार दोस्रो जित

टी-२० विश्वकपको सुपर ८ मा भारतको लगातार दोस्रो जित

  • आइतवार, असार ९, २०८१
टी-२० विश्वकपको सुपर ८ मा भारतको लगातार दोस्रो जित

काठमाडौं —आईसीसी टी-२० क्रिकेट विश्वकपको सुपर एटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा भारतले साउथ एसियन प्रतिद्वन्दी बंगलादेशलाई ५० रनले पराजित गरेको हो ।

दोस्रो जितपछि सुपरन एट को समूह ए मा भारत ४ अंकसहित शीर्ष स्थानमा छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । अब अन्तिम खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

एन्टिगुवास्थित सर भिनियन रिचर्ड्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्याको अर्धशतक मदतमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । पाण्ड्याले २७ बलमा ४ चौका र३ छक्का मदतमा अविजित ५० रन बनाए ।

विराट कोहलीले २८ बलमा ३७, ऋषव पन्तले २४ बलमा ३६ तथा शिवम दुवेले २४ बलमा ३४ रन बनाए । यस्तै कप्तान रोहित शर्माले २३ रन जोडे । बंगलादेशका तान्जिम हसन सकिब र रिहाद होसेनले समान २ विकेट लिए ।

१९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नाजमोल होसेन शान्तोले ३२ बलमा सर्वाधिक ४० रन बनाए । तान्जिम हसनले २९ तथा रोहाद हवसेनले २४ रन जव८ । अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले समान २ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार