• होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकारले आइतवार नीति तथा कार्यक्रम ल्याउने

सुदूरपश्चिम सरकारले आइतवार नीति तथा कार्यक्रम ल्याउने

  • बिहिबार, जेष्ठ १७, २०८१
सुदूरपश्चिम सरकारले आइतवार नीति तथा कार्यक्रम ल्याउने

सुदूरपश्चिम प्रदेश सरकारले आइतवार नीति तथा कार्यक्रम ल्याउने भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बुधवार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन्।
हाल सो विधेयक उपर छलफल चलाउन खोजिएको छ। तर, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आएको छ।
यसैबिच जेठ २० सरकारका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको हो। सोही बमोजिम बैठक आह्वान गरिएको सभामुख भीम बहादुर भण्डारीले बताए।

चर्चामा

सम्बन्धित समाचार