१.
सालिन त्यो तस्बिर
ढुकढुकिमा छ बास
हेर्दा मुसुक्क हाँसिदिन्छ।
२.
जिउँदो भगवान
आमाबाको आशीर्वाद
अमुल्य धन हो मलाई ।
३.
गयो शिशिर अब
घुम्टो उघारी रहेछ
बसन्तले बहार ल्याएर।
४.
आमा बिलौनामा छिन्
सुनसान बन्यो गाउँ
छोरी मुग्लान पसेकि छ।
५.
डाँडामा घाम लाग्दा
भिरपाखामा हर्ष छ
लडबुडी खेल्छे प्रकृति।