बाजुरा– बडिमालिका नगरपालिका ८ काे अनाइ खाेलामा पहिराेले अबरुद्ध सडक संचालनमा आएकाे छ । मार्तडी कोल्टी सडक खण्डको अनाई खोलामा पहिराे गइ माघ २२ गते अवरुद्ध भएकाे थियाे । साे सडकमा पहिराेमा पर्खाल लगाएर जीप र ट्याक्टर हिड्ने गरी सुचारु गरिएकाे प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताएका छन ।
माघ २२ गते गएको बर्षासंगै सडक भाँसिएर सडक अवरोध भएको थियो । सदरमुकाम मार्तडी नजिकै बडिमालिका नगरपालिका ८ मा रहेको अनाई खोलामा भएको अबरोध हटाएपछी सवारी साधन सदरमुकाम मार्तडी बाट कोल्टी सम्मा नियमित संचालनमा आएकाे प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए ।
केही समयका लागी साना सवारी साधनलाई मात्र जाने सडक खोलेको र ठुला मालबाहक सवारी साधनलाई जान केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका छन । माघ २३ गते देखी जिप अनाई खोला पारीबाट कोल्टी जाने गरेका थिए ।