• होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ गतेदेखि हुने

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ गतेदेखि हुने

  • सोमवार, पुस २३, २०८०
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ गतेदेखि हुने

बाजुरा– जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ १५ गते देखि १८ गते सम्म संचालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा हुने उक्त प्रतियोगिता यस वर्ष बुढीनन्दा नगरपालिकाको कोल्टीमा हुने भएको हो ।
जिल्ला खेलकद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाका अनुसार यस वर्षको प्रतियोगितामा सहभागि हुने जिल्लाका ९ वटै स्थानीय तहलाई प्रतियोगिता आयोजना हुने बारे जानकारी गराईसकेको बताएका छन ।
अघिल्लो वर्षको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा गरिएको थियो । प्रतियोगितामा स्वामीकार्तिक खापर गाउँपालिका बाहेक अन्य ८ वटा स्थानीय तह सहभागि भएका थिए । यस वर्ष हुने प्रतियोगिताका लागि ९ वटै स्थानीय तहले यस अघि नै पालिका स्तरमा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् । प्रतियाेगितामा पालिका स्तरबाट छनाैट भएका बिध्यालयबाट सहभागी हुन पाउने भएका छन ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार