• होमपेज
  • शिक्षा
  • गिफ्ट नेपालको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम

गिफ्ट नेपालको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम

  • शुक्रबार, पुस ६, २०८०
गिफ्ट नेपालको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम

बाजुरा —गिफ्ट नेपाल बाजुराले आर्थिक बर्ष २०७९-८० को बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम.गरेको छ ।
एक बर्ष गिफ्ट नेपाल बाजुराका विभिन्न परियोजनामार्फत भए गरेका कार्यक्रमहरुको समिक्षा, सामाजिक परिक्षण, संस्थाका निति नियम तथा समिक्षा कार्यक्रममार्फत आगामी योजनाका लागि सुझाव संकल्न लगायतका बिषयमा जानकारी तथा प्रस्तुतीकरण कार्यक्रम गरेको हो ।

२०५३ सालमा बाजुरामा स्थापित हुदै विगत २७ बर्षदेखि गिफ्ट नेपालले विभिन्न सामाजिक सचेतना, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न काम गरिरहेको र आर्थिक बर्ष २०७९-८० मा भए गरेका कार्यक्रम, मुख्य उपलब्धि, भोग्नु परेका चुनौती तथा भावि योजनाका लागि सुझाव संकल्नका लागि उक्त कार्यक्रम गरिएको गिफ्ट नेपाल बाजुराले जनाएको छ ।

उक्त कार्यक्रम सार्वजनिक परिक्षणको प्रस्तुती र संस्थाका लागि आएका सुझाव सल्लाहमाथि छलफल.गरि दुई चरणमा भएको हो । गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण बहादुर अधिकारीले सामाजिक परिक्षण प्रस्तुत गर्दै संस्थाको परिचय, सामाजिक परिक्षणको उदेश्य, लक्ष्य, कार्य क्षेत्र, निति नियम, संस्थागत विकास तथा दिगोपनाका लागि भएका प्रयास, परियोजनाको विवरण, सिकाइ चुनौति तथा सञ्चालित विभिन्न कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । गिफ्ट नेपाल मानव अधिकार, सुशासन, पार्दशिता र जवाफदेहिता कायम गर्न सवै सरोकारवालासंग समन्वय गर्दै समाज परिर्वतन र भौतिक विकास गर्दै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै अगाडि बढिरहेको गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण बहादुर अधिकारीले बताएका छन ।

गिफ्ट नेपालको समन्वयमा सुरु भएको विद्यालयमा दिवा खाजामा तरकारी खुवाउने कार्यक्रम र संस्थाको प्रगतिका लागि सहभागि अथितिहरुले विभिन्न सुझाव सल्लाह राख्दै संस्थाको प्रगतिको कामना गरेका थिए । दिवा खाजामा स्थानिय स्तरमा पाइने आर्गनिक तरकारी अनिवार्य गरिकाले सोहि कार्यक्रममा कृषकहरुलाई उत्पादनमा प्रोत्साहन दिने कार्यक्रम सञ्चालन, स्थानिय कृषकबाट उत्पादित तरकारी मात्रै उपभोग गरिने भएकाले यसले गरिबी र बेरोगारी दरमा कमि ल्याउन सहयोग पूगने कृषि ज्ञान केन्द बाजुराका निमित्त प्रमुख मिनप्रसाद जैशीले बताए ।

दिवा खाजा बालबालिकाको स्वास्थ्य र पोषणमा आधारित भएको तर केहि बिद्यालयमा खानेपानीको समस्या देखिएकाले यसमा जोड दिई पालिकासंग थप समन्वय गर्दै अगाडि बढ्नुपर्ने पिसविन नेपाल बाजुराका महेश जोशीले बताए । संस्थाद्धारा गरिने कार्यक्रम परियोजना अवधिभर मात्रै हुने त्यसपछि रोकिने भएकाले यस्ता कार्यक्रमको दिगोपनामा राग्नुपर्ने लगायत सहभागीहरुले कार्यक्रममा सुझाव राखेका थिए ।

कार्यक्रममा आएका सुझाव सल्लाहहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक अधिकारीले प्रतिबद्धता जनाएका छन । त्यस्तै कार्यक्रममा बोल्दै बडिमालिका नगर उपप्रमुख नन्दा थापाले यस संस्थाबाट गरिने कार्यक्रमको अनुगमनलाई निरन्तरता दिनुपर्ने र सहयोगका लागि नगरपालिका कहिल्यै पछि नहट्ने बताएकी छन ।

त्यसैगरि समिक्षा कार्यक्रममा आएका सुझावलाई पालिकाले आत्मसात गर्दै जाने र गिफ्ट नेपालले् समाज परिवर्तनका लागि महत्वपूणर् भुमिका खेलेको र विभिन्न अनुकरणिय कार्यहरु गरिरहेको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए । त्यस्तै गिफ्ट नेपालको सहयोगका लागि सधैं तत्पर रहने जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसीराम रोकायाले बताएका छन ।

गिफ्ट नेपाल बाजुराका सचिव खडक बहादुर रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै विशिष्ट अथिति गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया र बडिमालिका नगर उपप्रमुख नन्दा थापा रहेकि थिइन् ।

अथितिमा उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देव बहादुर रोकाया, कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख मिनप्रसाद जैशी, बाजुरा क्याम्पसका प्रमुख रुपक रौले, मालिका माविका प्राचार्य शुभराज पाध्याय, जिल्ला प्रहरी बाजुराका प्रहरी निरिक्षक किशोरसिंह ऐरी, पत्रकार महासंघ बाजुराका उपाध्यक्ष संगिता तिमिल्सिना, विभिन्न संघ सस्थाका प्रतिनिधि, कृषक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामाजिक परिक्षणबारे जानकारी तथा कार्यक्रमको सहजिकरण फियान नेपालका केन्द्रिय सचिव मदन जैशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार