शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • काठमाण्डौंबाट महेन्द्रनगरका लागि छुटेको बस बर्दियामा दुर्घटना

काठमाण्डौंबाट महेन्द्रनगरका लागि छुटेको बस बर्दियामा दुर्घटना

  • शनिबार, मंसिर २३, २०८०
काठमाण्डौंबाट महेन्द्रनगरका लागि छुटेको बस बर्दियामा दुर्घटना

धनगढी — काठमाण्डौंबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बस बर्दियामा दुर्घटना भएको छ।

शनिबार बिहान बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बसमा २५ जना सवार रहेकोमा अन्य सकुशल रहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार