बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अमृतको मूल सुकाई बगर बनाउँछ

अमृतको मूल सुकाई बगर बनाउँछ

  • बुधबार, मंसिर ६, २०८०
अमृतको मूल सुकाई बगर बनाउँछ

जसले आफ्नो कागजी घर बनाउँछ,
एउटै दुश्मनले पनि थरथर बनाउँछ।

पखेटा काटिएका समेत उड्न थाले,
अमृतको मूल सुकाई बगर बनाउँछ।

थिचे हँसिया र घनले आफ्नै टाउको,
घमण्ड आफ्नै लागी जहर बनाउँछ।

एउटा मात्र पंक्षी गहुँथली लाई हेर्दा,
उसैले पनि घर कती सुन्दर बनाउँछ।

दिकदार हुन्छ मानिसको स्वार्थ हेर्दा,
आफ्नो यही मनलाई परपर बनाउँछ।

छलफल हुँदैन यहाँ बिकासको लागी,
पत्रिकाले किन नराम्रो खबर बनाउँछ।

चर्चामा

सम्बन्धित समाचार