शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीका दुई स्थानमा फूल विक्री केन्द्र स्थापना

धनगढीका दुई स्थानमा फूल विक्री केन्द्र स्थापना

  • आइतवार, कार्तिक २६, २०८०
धनगढीका दुई स्थानमा फूल विक्री केन्द्र स्थापना

धनगढी —सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले फूल उत्पादक किसानका लागि छुट्टाछुट्टै दुई स्थानमा विक्री केन्द्र स्थापना गरि दिएको छ।

आज (आइतबार) देखि किसानले उत्पादन गरेका फूल विक्रीवितरण गर्न उपमहानगरले स्थान छनोट गरेर विक्री केन्द्र स्थापना गरिदिएको हो। फूल खेती गर्ने किसानका लागि उत्पादित फूल विक्री गर्न बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केट र उपमहानगरपालिका कार्यालय परिसर अगाडी विक्री केन्द्र स्थापना गरिएको छ।

उपमहानगरले स्थापना गरिदिएको फूल विक्री केन्द्रबाट सेवाग्राहीले सहज रुपमा फुल पाउने गरी विक्री केन्द्र स्थापना गरिएको नगरप्रमुख गोपाल हमालले बताए। यस वर्ष धनगढीका झण्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन्। उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा विक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल विक्रीवितरणमा उपमहानगरले सहयोग गरेको हो। धनगढीमा करिब एक वर्षदेखि प्लास्टिकका फूलमाला आयात र विक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ।

चर्चामा

सम्बन्धित समाचार