बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशमा त पाइलै पछि राष्ट्रघात भेटिन्छ

देशमा त पाइलै पछि राष्ट्रघात भेटिन्छ

  • बिहिबार, कार्तिक २३, २०८०
देशमा त पाइलै पछि राष्ट्रघात भेटिन्छ

बर्गिय मायाँ परदेशमा अघात भेटिन्छ,
जहाँपनि त्यो उज्यालो प्रभात भेटिन्छ।

नकुनै जातिय बिभेद न त मात धनको,
एकतामा सधै अमृतकै बर्षात भेटिन्छ।

घुमियो कयौं नगरहरूमा सदभाव उस्तै,
जहाँ मानिसकै यथार्थ औकात भेटिन्छ।

विस्वविध्यालय हो एकता समाज हाम्रो
शिक्षा र देशप्रेम त्यहाँ दिन रात भेटिन्छ।

धेरै छुटे कयौँसँग भेटगर्न सकिएन भनौँ,
घुमियो ठाउँ ठाउँमै मानव जात भेटिन्छ।

फर्किंयौं स्वदेश सबै साथिलाई सम्झिदै,
देशमा त पाइलै पछि राष्ट्रघात भेटिन्छ।

चर्चामा

सम्बन्धित समाचार